काठमाडौं । तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक आयोगमा नियुक्ति गरेका पदाधिकारीको खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेका रिटको शुक्रबारदेखि सुनुवाइ सुरु भएको छ ।
शुक्रबार ११ वटा रिटमाथि सुनुवाइ नसकिएपछि मुद्दा ‘हेर्दा हेर्दैमा’ राखिएको छ भने अन्यको सुनुवाइ आगामी बुधबार बस्ने संवैधानिक इजालसमा हुने भएको छ । संवैधानिक इजलास हरेक साताको बुधबार र शुक्रबारमात्रै बस्ने प्रावधान छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबारका लागि त्यससम्बन्धी सबै रिट पेशी तोकेको थियो । संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसहित न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन् ।
संवैधानिक परिषदको बहुमतबाटै निर्णय गर्न सक्नेगरी अध्यादेश ल्याएर गरिएका नियुक्ति गैरसंवैधानिक भएको निवेदकको जिकिर छ । यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निर्णयमा संलग्न भएकाले सुनुवाइमा बस्न नमिल्ने भन्दै विवाद भएको थियो ।
ओली नेतृत्वको सरकारका बेला संवैधानिक परिषदको बैठक प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले बहिस्कार गरेका थिए ।
पटक पटक बैठक बहिस्कार गरेपछि तत्कालीन प्रधानमन्त्री ओलीले बहुमतबाट निर्णय गर्न सक्ने व्यवस्थासहितको अध्यादेश जारी गरेका थिए । तत्कालीन ओली नेतृत्वको सरकारले विभिन्न संवैधानिक आयोगमा ५२ जना पदाधिकारीको नियुक्त गरिएका थिए ।
यी हुन् ओली सरकारले संवैधानिक आयोगमा गरेका नियुक्ति :
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
– प्रेमकुमार राई, प्रमुख आयुक्त
–किशोरकुमार सिलवाल, आयुक्त
–जयबहादुर चन्द, आयुक्त
–हरि पौडेल, आयुक्त
–सुमित्रा श्रेष्ठ ९ब्याञ्जु०, आयुक्त
निर्वाचन आयोग
–रामप्रसाद भण्डारी आयुक्त
–जानकीकुमारी तुलाधर, आयुक्त
–सगुनशमशेर जबरा, आयुक्त
राष्ट्रिय मानवअधिकार आयोग
–तपबहादुर मगर, अध्यक्ष
–सूर्यप्रसाद शर्मा ढुंगेल, सदस्य
–मिहिर ठाकुर, सदस्य
–मनोज दुवाडी, सदस्य
–लिली बस्न्यात, सदस्य,
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
–जुद्धबहादुर गुरुङ, सदस्य
–अमरराज श्रेष्ठ, सदस्य
–विपिनराज निरौला, सदस्य
राष्ट्रिय महिला आयोग
–कमलाकुमारी पराजुली, अध्यक्ष
–कृष्णकुमारी पौडेल, सदस्य
–विद्याकुमारी सिन्हा, सदस्य
–जया घिमिरे, सदस्य
–सावित्राकुमारी शर्मा, सदस्य
राष्ट्रिय दलित आयोग
-देवराज विश्वकर्मा, अध्यक्ष
–मीनादेवी सोब, सदस्य
–टुन्जे कामी, सदस्य
–मेहल पार्की, सदस्य
–सुन्दर पुर्कुटी, सदस्य
राष्ट्रिय समावेशी आयोग
–रामकृष्ण तिमिल्सिना, अध्यक्ष
–रामचन्द्र जोशी, सदस्य
–हरिदत्त जोशी, सदस्य
–पुष्पराज तिमिल्सिना, सदस्य
–मनप्रसाद खत्री, सदस्य
आदिवासी जनजाति आयोग
–रामबहादुर थापामगर, अध्यक्ष
–मीनबहादुर श्रीष, सदस्य
–रिना राना, सदस्य
–शरण राई, सदस्य
–सूर्यबहादुर गुरुङ, सदस्य
मधेसी आयोग
–जीवछ साह, सदस्य
–रेणुदेवी साह, सदस्य
–विजयकुमार गुप्ता, सदस्य
–आभा कुमारी, सदस्य
थारू आयोग
–सुबोधसिंह थारू, सदस्य
–भोलाराम चौधरी, सदस्य
–उमाशंकरप्रसाद चौधरी, सदस्य
–शान्ति मोदी, सदस्य
मुस्लिम आयोग
–महमदिन अली, सदस्य
–मिर्जा अर्सद वेग, सदस्य
–मो। समसुल हक, सदस्य,
लोक सेवा आयोग
–माधवप्रसाद रेग्मी, सदस्य,
–वीरबहादुर राई, सदस्य
–दिनेश सिलवाल, सदस्य
–मञ्जु कुमारी, सदस्य











