Logo
Logo

विप्लव नेतृत्वको नेकपाले निर्वाचनमा जाने वा नजानेबारे शनिबार निर्णय गर्ने


378
Shares

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठकमा स्थानीय चुनावलाई उपयोग गरेर जानुपर्ने प्रस्ताव पेस भएको छ ।

कपिलवस्तुको शिवगढीमा शुक्रबार दिउँसो २ बजे सुरु भएको बैठमा महासचिव विप्लवले चुनाव उपयोग गरेर जानुपर्ने मतसहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

त्यसो त गत २६ फागुनमा सम्पन्न भएको सचिवालय बैठकमै महासचिव विप्लवले चुनाव उपयोगबारे प्रस्ताव गरेका थिए । उक्त प्रस्तावबारे नेकपाको उच्चतहमा समान मत छैन ।

शुक्रबार दिउँसो २ बजेदेखि ३ बजेसम्म बैठक बसेर शनिबारसम्मका लागि स्थगित भएको हो । महासचिव विप्लवले राजनीतिक प्रतिवेदन पेश गरेपछि बैठक स्थगित भएको केन्द्रीय सदस्य पदम जिसीले जानकारी दिए । प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले अध्ययन सुरु गरेका छन् ।

केन्द्रीय सदस्य जिसीका अनुसार महासचिवको डकुमेन्ट अध्ययन गर्न बैठक शनिबार बस्नेगरी स्थगित भएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन उपयोग वा बहिष्कार भन्नेबारे बैठकले निर्णय गर्नेछ । शुक्रबारको बैठकमा ६९ जना केन्द्रीय सदस्य र ७ मध्ये ४ जना सल्लाहकारको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्