काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले हस्तकला क्षेत्रको विकास विस्तार र निर्यात प्रवद्र्धनका लागि पहल गर्ने आश्वासन दिएकी छन् । नेपाल हस्तकला महासंको ४१औँ वार्षिक साधारणसभाको शुक्रबार उद्घाटन गर्दै उनले महासंघले अघि सारेका माग सम्वोधनका लागि पहल गर्ने आश्वास दिएकी हुन् ।

मन्त्री भुसालले स्वदेशमै उपलव्ध वस्तु आयात नर्गन पनि व्यवसायीलाई आग्रह गरिन् । त्यसरी आयात गर्दा व्यवसायीलाई फाइदा भए पनि राष्ट्रलाई घाटा हुने भन्दै नाफामात्रै नहेर्न आग्रह गरेकी हुन् । महासंघले साधारणसभामामार्फत सरकारसमक्ष विभिन्न १३ बुँदे माग प्रस्तुत गरेको छ । उसले कोरोनाबाट प्रभावित हस्तकलाको निर्यात प्रवद्र्धनका लागि हालको नगद प्रोत्साहनदर कम्तीमा पनि डबल डिजिट गर्नुपर्ने र नगद प्रोत्साहन प्राप्त गर्ने प्रक्रिया एवम कार्यविधि सरलीकृत गर्नुपर्ने माग गरेको छ ।
महासंघ अध्यक्ष सुुरेन्द्र भाइ शाक्यले १३ बु्ँदे माग प्रस्तुत गर्दै निर्यात हुने काष्ठजन्य हस्तकला सामान र सिपिङ कन्टेनर फुमिगेट गरी फुमिगेसन प्रमाणपत्र गरी गर्ने व्यवस्था हुनुपर्ने, त्रिभुवन अन्तराष्टिय विमानस्थल भन्सार कार्यालयलगायत मालसामान आयात निर्यात हुने अन्य भन्सार कार्यालयलाई निर्यातमैत्री बनाइनुपर्ने, अन्तराष्टिय बजारमा नेपाली हस्तकलाको पहिचान स्थापित गरी प्रवद्र्धन गर्न हस्तकला वस्तुमा सामूहिक व्यापार चिन्हको विकास र प्रचार प्रुसारमा सहयोग गर्नुपर्ने माग गरे ।
त्यस्तै सातवटै प्रदेशमा हस्तकलाग्राम स्थापनाका लागि विद्युत, सडक र पानीलगायतका आवश्यक भौतिक पूर्वाधारको पहुँच भएको क्षेत्रमा जग्गा उपलव्ध गराउनुपर्ने, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत वोर्ड अफ टे«ड र भन्सार विभागअन्तर्गत निकासी सहजीकरण समितिमा महासंघको पनि प्रतिनिधित्व हुुनुपर्ने, चीनमा व्यापार, व्यवसाय र व्यापारमेला सहभागिताबाट आर्जित विदेशी मुद्रा बैकिङ च्यानलबाट नेपाल ल्याउन पाउने व्यवस्था गरिनुपर्ने, सरकार तथा विदेस्थित नेपाली नपाली दूतावासलागयत सबै सरकारी निकायमा नेपाली हस्तकला प्रयोग गरिनुपर्ने, स्वदेशी वस्तु प्रवद्र्धनका लागि निजामति कर्मचारीहरुलाइ स्वदेशी कपडाबाट बनेका पोशाकलाई अनिवार्य गरिनुपर्नेलगायत रहेका छन् ।
कार्यक्रममा काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र चिरीबाबु महर्जनले हस्तकलाको विकास, विस्तार र प्रवद्र्धनका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । मेयर शाक्यले हस्तकलाको औद्योगिक ग्रामका लागि जग्गाको व्यवस्था गरेमा महानगरपालिकाले पूर्वाधार निर्माणमा सहयोग गर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंह र नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेन्द्र मल्लले पनि निर्यात व्यापारमा हस्तकलाको महत्वपूर्ण योगदान रहेको भन्दै हस्तकलाको प्रवद्र्धन सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । सो अवसरमा लाइफ टाइम अचिपमेन्ट अवार्डबाट इन्द्रबहादुर शाक्य सम्मानित गरिएको थियो भने हस्तकलाका उत्कृष्ट निर्यातकर्ता, उद्यमी, महासंघका उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो ।
सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्य, उपाध्यक्ष रवीन्द्र शाक्य, पूर्व अध्यक्षलगायतको उपस्थिति रहेको थियो । शनिबारसम्म सञ्चालन हुने महासंघको ४१औँ वार्षिक साधारणसभाले नयाँ नेतृत्वसमेत चयन गर्ने कार्यक्रम छ ।












