Logo
Logo

स्थानीय निर्वाचनमा तालमेलमा मात्र भर पर्नु हुन्न : नेता खनाल


504
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा आफ्नै शक्तिमा प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् ।

फाइल फोटो

नेकपा एकीकृत समाजवादीको गुल्मी सम्पर्क समितिले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा नेता खनालले स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धन दलबीच तालमेलको सम्भवना भए पनि त्यसमा मात्र भर पर्न नहुने बताए । उनले अरुको आड लागेर मात्र चुनाव जित्न नसक्ने भन्दै कार्यकर्ताहरुलाई आफ्नै शक्ति विस्तार गर्नसमेत सुझाव दिए ।

नेता खनालले भने, ‘आफ्नो शक्तिमाथि भरोसा गरेर जाने हो । त्यसलाई बलियो बनाउन विस्तार गर्न सकेनौँ भने अरुको आड अडेस लागेर अगाडि जान सक्दैनौं ।’

नेता खनालले आफ्नो शक्ति कसरी विस्तार गर्ने, हरेक गाउँ हरेक वडा, हरेक गाउँमा हामी कसरी अगाडि बढ्ने ? त्यसमा ध्यान दिन सकेमा मात्र आउने निर्वाचनमा यथोचित सफलता हासिल गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्