प्युठान । प्युठानमा शनिबार यात्रुबाहक बस दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । सो दुर्घटनामा परी २३ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १ की एक वर्षीया अंशु परियार रहेकी छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
प्युठानबाट घोराही जाँदै गरेको ना.३ ख ७१३२ नम्बरको बस मर्काबाङको सेतोपरामा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरुलाई अहिले घोराहीको राप्ती स्वास्थ्य प्रतिष्ठानमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।














