Logo
Logo

निर्वाचनसम्म गठबन्धन कायम रहन्छ : मन्त्री झाँक्री


2.1k
Shares

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले तीनै तहको निर्वाचनसम्म गठबन्धन कायम रहने बताएकी छन् ।
शनिबार काठमाडौंमा एकीकृत समाजवादी गुल्मी काठमाडौ सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले स्थानीय, प्रदेश र संघीय तीनै तहको निर्वाचनमा पाँच दलीय गठबन्धन मिलेर जाने बताएकी हुन् ।

एकीकृत समाजवादीकी सचिवसमेत रहेकी नेतृ झाँक्रीले देशभर निर्वाचनमा गठबन्धन कायम नरहेपनि गुल्मी भने गठबन्धन निश्चित हुने बताइन् । गुल्मीमा नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतका नेतासँग चुनावी गठबन्धनका लागि छलफल भइरहेको उनको भनाइ छ ।

मन्त्री झाँक्रीले अहिले गुल्मीको भुगोलमा काम गर्ने वातावरण निर्माण भएकाले त्यहाँका जनताको विकासमा आफ्नो ध्यान केन्द्रीय भएको बताइन् । गुल्मेली जनताले आफ्नो अमुल्य मत दिएर पटकपटक जिताएका नेताहरूले जस्तो गफ धेरै गर्ने काम कम गर्ने परिपाटीको गुल्मीमा अत्य गर्दै गुल्मीको विकास देखिन गरि आफुले काम अगाडि बढाएको उनको दावी छ ।

उनले केपी ओलीले कम्युनिस्ट पार्टीको बहुमत भएको संसद पटक–पटक विघटन गरेकाले आगामी निर्वाचनमा एमालेलाई जनताले पराजित गरिदिने बताइन् ।

प्रतिक्रिया दिनुहोस्