काठमाडौं । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को टाइसिट ड्र कार्यक्रम स्थगित भएको छ । आइतबारका लागि तय भएको लिग नेपाल स्पोर्टस म्यानेजमेन्टले अखिल नेपाल फुटबल संघ (एन्फा)ले टाइसिट ‘ड्र’ रोक्न पत्र पठाएपछि कार्यक्रम स्थगित गरेको बताएको हो ।

नेपाल स्पोर्टस म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सुदीप शर्माले एन्फाको निर्देशनलाई आफूहरूले पालना गरेर टाइसिट ‘ड्र’ स्थगित गरिएको बताएका छन् । उनले एन्फाको निर्देशन पालना गरेर टाइसिट ‘ड्र’ स्थगित गर्ने निर्णय गरिएको जनाए । अब एन्फासँग छलफल गरेर नयाँ मिति तय गर्ने उनको भनाइ छ ।
एन्फाले शुक्रबार टाइसिट ‘ड्र’ नगर्न एनएसएललाई पत्र काटेको थियो । यसअघि फागुन २० गते पनि एन्फाले एनएसएललाई अक्सन नगर्न पत्र काटेको थियो । तर, एनएसएलले उक्त पत्रको बेवास्ता गर्दै अक्सन गरेको थियो ।











