Logo
Logo

निर्वाचनमा गठबन्धन दलहरूबीच तालमेलको सम्भावना छ : कांग्रेस प्रवक्ता


819
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलहरूबीच तालमेलको सम्भावना रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन बाँकेले शनिबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रवक्ता डा. महतले कांग्रेसले गठबन्धन गर्दा निर्वाचनमा जितको सुनिश्चितता हुने बताए ।

उनले निर्वाचनमा गठबन्धन गर्दा धेरै सिट जितिन्छ कि नगर्दा, त्यो आकलन गरेरमात्रै गठबन्धन गर्ने वा एक्लै चुनाव लड्ने निर्णय हुने पनि बताए । सत्ता गठबन्धनमा रहेका दलहरूको प्रस्तावलाई पनि हेरिने उनको भनाइ छ ।

यस्तै, प्रवक्ता महतले एमसिसीका विषयमा धेरै कोणबाट भ्रम छर्ने प्रयास गरिएपनि त्यो विफल भएको दावी गरे । कांग्रेसले सुरू गरेको घर–घर जाने अभियानले स्थानीय स्तरमा रहेको एमसिसीको भ्रम पनि तोडिने बताए ।

प्रतिक्रिया दिनुहोस्