Logo
Logo

आयल निगमको कार्यकारी निर्देशकमा पौडेल नियुक्त



काठमाडौं, २४ पुस ।

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त भएका छन् । मन्त्रीपरिषद्को सोमबारको बैठकबाट उनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।


पौडेल यसअघि उदयपुर सिमेन्ट उद्योगका महाप्रवन्धक थिए । नियुक्ति पक्का भएपछि उनले सोमबार महाप्रवन्धक पदबाट राजीनामा दिएका थिए। उद्योग,वाणिज्य मन्त्रालयले शुक्रबार पौडेल,अनिलकुमार झा र तारानाथ पौडेलको नाम सिफारिश गरेको थियो। निगमको कार्यकारी निर्देशक छनौंट तथा सिफारिश समितिले पाँच जनामध्येबाट तीन जनाको नाम छनौंट गरेर उद्योगमन्त्री मातृका यादबलाई पेश गरेको थियो। पौडेल चार्टर्ड एकाउन्टेन्ट हुन्। उनी उदयपुर सिमेन्टमा महाप्रवन्धक भएर गएपछि सुधार गरेका थिए । तर निगममा सुधार गर्न भने उनलाई निकै चुनौतीपूर्ण हुने कर्मचारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्