Logo
Logo

६ सयले घट्यो सुनको भाउ


1.3k
Shares

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु. ९९ हजार २०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु. ९९ हजार ८०० मा कारोबार भएको सुन आज प्रतितोलामा रु. ६०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९८ हजार ७०० छ । यसको मूल्य शुक्रबार प्रतितोला रु. ९९ हजार ३०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १० ले घटेर एक हजार ३७५ मा आएको महासंघले जनाएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९२१ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्