Logo
Logo

कांग्रेसले चैत्रभित्रै उम्मेदवारको नाम टुंगो लगाउँछ : प्रवक्ता


567
Shares

सल्यान । नेपाली काग्रेसले स्थानीय निर्वाचनका लागि चैत्र महिनाभित्रै उम्मेदवारी टुंग्याउने जनाएको छ । प्रवक्ता डा.प्रकाशशरण महतले आगामी स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उठ्ने उम्मेद्वारहरुको टुंगो चैत्रभित्रै टुंगो लगाइसक्ने बताएका हुन् ।

नेपाल प्रेस युनियन सल्यानले आइतबार आयोजना गरेको भेटघाट कार्यक्रममा उनले विधानले नै पार्टीका तर्फबाट विभिन्न तहका निर्वाचनमा उठाइने उम्मेदवारको टुंगो लगाउने भएकाले सोहीअनुसार स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उठाइने उम्मेदवारको टुंगो लगाइने बताए ।

प्रवक्ता महतले भने, ‘यसपटक विगतमा भएजस्तो उम्मेदवारी दिने अन्तिम दिनसम्म को उठ्ने हो भन्ने टुंगो नलाग्ने स्थिति रहने छैन । चैत्र महिनाभित्रै उम्मेदवारको टुंगो लगाउने कोशिस गछौँ ।’ उनले पार्टीका तल्लो तहका समितिले टुंग्याउन नसकेका विवाद भएमात्र केन्द्रले हेर्न सक्ने पनि बताए ।

प्रवक्ता डा.महतले आउने स्थानीय चुनावमा सत्ता गठबन्धनमा रहेका दलहरुबीच गठबन्धन हुने वा नहुने भन्ने आवश्यकताका आधारमा तय हुने बताए ।

प्रतिक्रिया दिनुहोस्