काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आज बैठक बोलाएका छन् ।

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीका अनुसार प्रधानमन्त्री देउवाले आज अपरान्ह चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । नियमित मन्त्रिपरिषद्को बैठक सोमबार बस्ने भएपनि देउवाले आइतबार नै मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।














