काठमाडौं । नेकपा एमालेले सोमबार पोलिटब्युरो बैठक बोलाएको छ । दशौं महाधिवेशनपछि एमालेको पहिलो पटक पोलिटब्युरो बैठक बस्न लागेको हो ।

एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार सोमबार बिहान ११ बजे कार्की बैंक्वेटमा बस्नेगरी पोलिटब्युरो बैठक बोलाएको छ ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति र चुनावको तयारीबारे छलफल हुने बताइएको छ । एमालेको पोलिटब्युरो कमिटीमा १९ पदाधिकारीसहित ३६ जना स्थायी कमिटी सदस्यसहित ९९ जना छन् । यसअघि एमालेको केन्द्रीय कमिटी बैठक चैत ९ र १० गतेलाई बोलाइएको छ ।














