Logo
Logo

संसदमा प्रधानमन्त्रीलाई बोल्न दिइएन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ असार ।
प्रमुख प्रतिपक्ष कांग्रेसको प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा बोल्न अवरोध गरेको छ । अवरोधले मंगलबार प्रधानमन्त्रीले सम्बोधन गर्ने संसद बैठक सुरु हुने वित्तिकै स्थगित भएको छ ।

प्रधानमन्त्री भन्दा पहिले प्रमुख प्रतिपक्षि दलका नेता शेरबहादुर देउवाले संसदमा भनाई राख्न पाउनु पर्ने माग कांग्रेसले राखेको थियो । सभामुखले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पहिले बोल्ने अवसर दिएपछि कांग्रेसले रोष्ट्रम घेराउ गरि संसदको प्रक्रिया नै अवरुद्ध भएको थियो । कांग्रेसको यस्तो कदमको आलोचना भएको छ ।
कांग्रेसको विरोधपछि संसदमा सम्बोधन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओली फर्किएका थिए । प्रधानमन्त्री ओली रोष्ट्रममा पुगेपनि कांग्रेस सांसदहरुको निरन्तरको नाराबाजी पछि सम्बोधन हुन सकेन् ।
कांग्रेसको लगातार विरोध भएपछि सभामुख कृष्णबहादुर महराले बुधबार दिउँसो ११ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका छन् ।
संसदमा कसले बोल्न दिने भन्ने अधिकार सभामुखलाई हुन्छ । तर, कांग्रेसको संसदमा अप्रजातान्त्रिक चरित्र देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्