Logo
Logo

आफ्नो तस्बिर दुरुपयोग गरिएको भन्दै प्रियंकाद्वारा सिआईबीमा उजुरी



काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले क्रिप्टोकरेन्सी विज्ञापनमा आफ्नो तस्बिर दुरुपयोग गरिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उजुरी दिएकी छन् ।

केही फेसबुक पेजबाट सेयर गरिएको क्रिप्टोकरेन्सीको क्षेत्रीय विज्ञापनमा आफ्नो भिडियो र तस्बिर राखिएको भन्दै प्रियंका आइतबार सीआईबीको कार्यालय पुगेकी थिइन् । उनले फोटो दुरुपयोग गर्ने दोषीलाई पक्राउ गरी कानुन बमोजिम कारबाही गर्न माग गर्दै उजुरी दिएकी हुन् ।

उनले कसैले नबोलाइ आफैँ प्रहरीलाई छानबिनमा सघाउन र उजुरी दिन प्रहरी कार्यलय पुगेकी बताएकी छन् । फोटो दुरुपयोग गर्ने व्यक्ति र फेसबुक पेजबारे प्रहरीले अनुसन्धान सुरु गरिसकेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्