Logo
Logo

संसदमा बोल्न नदिएपछि पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओली


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ असार ।
संसदमा बोल्न नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलनमार्फत आफ्ना कुरा राख्ने भएका छन् । आज साँझ ५ बजे उनले पत्रकार सम्मेलन आयोजना गरेका छन् ।
गुठी बिधेकय लगायतको विषयमा पछिल्लो समय बढेको विवादबारे प्रष्ट पार्न उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् । संसदमै उनले यसबारे बोल्न चाहेका थिए तर प्रमुख प्रतिपक्ष कांग्रेसले ओलीलाई संसदमा बोल्न अवरोध गरेपछि संसद बैठक सुरु हुने वित्तिकै स्थगित भएको छ ।

प्रधानमन्त्री भन्दा पहिले प्रमुख प्रतिपक्षि दलका नेता शेरबहादुर देउवाले संसदमा भनाई राख्न पाउनु पर्ने माग कांग्रेसले राखेको थियो । सभामुखले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पहिले बोल्ने अवसर दिएपछि कांग्रेसले रोष्ट्रम घेराउ गरि संसदको प्रक्रिया नै अवरुद्ध भएको थियो । कांग्रेसको यस्तो कदमको आलोचना भएको छ ।
कांग्रेसको विरोधपछि संसदमा सम्बोधन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओली फर्किएका थिए । प्रधानमन्त्री ओली रोष्ट्रममा पुगेपनि कांग्रेस सांसदहरुको निरन्तरको नाराबाजी पछि सम्बोधन हुन सकेन् ।
कांग्रेसको लगातार विरोध भएपछि सभामुख कृष्णबहादुर महराले बुधबार दिउँसो ११ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन् । संसदमा कसले बोल्न दिने भन्ने अधिकार सभामुखलाई हुन्छ । तर, कांग्रेसको संसदमा अप्रजातान्त्रिक चरित्र देखाएको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्