Logo
Logo

३ सयले बढ्यो सुनको भाउ



काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु. ३०० ले बढेर रु. ९९ हजार ५०० पुगेको छ ।

उक्त सुन अघिल्लो दिन प्रतितोला रु. ९९ हजार २०० मा कारोबार भएको थियोे । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९९ हजार छ । उक्त सुन हिजो प्रतितोला रु. ९८ हजार ७०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला रु.एक हजार ३७५ कायम रहेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा हुने घटबढका आधारमा महासंघले दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९२६ डलर आसपासमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्