काठमाडौं । खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नवौं राष्ट्रिय खेलकुदको तयारीमा सरकार जुटेको बताएका छन् ।
सोमबार काठमाडौंमा राष्ट्रिय खेलकुद परिषद्को ५८औं वार्षिकोत्सव तथा नयाँ प्रशासनिक भवनको उद्घाटन गर्दै मन्त्री गहतराजले नवौं राष्ट्रिय खेलकुदका लागि कार्यबिधि तयार भइसकेको र छिटै अर्थमन्त्रालयमा पेश गर्ने बताए
।
जेष्ठ १५ भित्रै राष्ट्रिय खेलकुद सम्पन्न गर्दै एसियन गेमको तयारीमा जुट्नका लागि छलफल भइरहेको उहाको भनाई छ । मन्त्री गहजरातले आगामी आर्थिक बर्षमा खेलक्षेत्रलाई प्रभावकारी बनाउनका लागि प्रयाप्त बजेट बिजियोजनका लागि प्रतिवद्ध रहेको धारणा राखे ।
खेल क्षेत्रको लगानी अप्रयाप्त रहेकाले नै यस क्षेत्रको प्रभावकारी बिकासका लागि समस्या भएको उनको भनाइ छ । कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।











