Logo
Logo

प्रतिनिधिले राजीनामा दिँदा काममा असर पर्दैन : निर्वाचन आयोग


1.3k
Shares

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने जनप्रतिनिधि उम्मेदवारी दिनुअघि राजीनामा गर्ने व्यवस्था नगरे ठूलो दुर्घटना हुने बताएको छ ।

आयोगको सोमबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले आचारसंहिता बनाएपछि राजीनामा दिएरमात्रै उम्मेदवारी दिने वातावरण बनेको बताए ।

उनले भने, ‘पदमै रहेर उम्मेदवारी दिने व्यवस्था गरेको र उजुरी परेको अवस्थामा उम्मेदवारी रद्ध हुने सम्भावना थियो । त्यो भन्दाअगावै आयोगले कानुनी व्यवस्थालाई ख्यालमा राखेर आयोगले यो व्यवस्था गरिदियो ताकि त्यो कानुनी व्यवस्थाको बर्खिलाप हुनेगरी उम्मेदवारी दिन नपरोस् ।’

प्रतिनिधिहरुले राजीनामा दिँदा काममा असर गर्ने कुराहरु चर्चामा आएपनि त्यस्तो अवरोध नहुने उनको भनाइ छ । ‘राजीनामा दिँदा स्थानीय तह रिक्त हुन्छ र काममा बाधा पर्छ भन्ने कुरा आइरहेको छ’ उनले भने, ‘तर आयोगले त्यस्तो परिकल्पना गरेको छैन । त्यहाँ एउटा स्थायी संयन्त्र पनि छ कर्मचारी संयन्त्र ।’ उनले एउटा कुनै पदाधिकारीले लिडरसिप लिने र त्यो स्थायी कर्मचारी संयन्त्रबाट काम हुने बताए ।

आयोगले निर्वाचन आचार संहितामा कार्यन्वयन अनुगमन बनाइएको भन्दै आचारसंहिता उल्लघंन हुन नदिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्