Logo
Logo

डिआईजीलाई गृहमन्त्रीले भने– तस्करीको नयाँ नाका खुलेको सुनेको छु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ असार ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रदेश प्रहरी प्रमुखको खटिन लागेका सात डिआईजीलाई तस्करी नियन्त्रण गर्न निर्देशन दिएका छन् । शान्ति सुरक्षा र सुशासन बलियो बनाई जनतालाई प्रभावकारी सेवा प्रवाह हुनेगरी काम गर्न उनले निर्देशन दिएका छन् ।


प्रतिपक्षले साना विषय पनि उछालिरहेकाले सचेततापुर्वक काम गर्नुपर्ने उनको भनाई छ । ‘आफुलाई कर्मचारी मात्र नठानी जिम्मेवार नागरिक पनि हुँ भन्ने गरि काम गर्नुहोला,’ निर्देशनमा उनले भने,‘प्रदेश अनुसार फरक फरक समस्या र विशिष्टता छन् । सोहि अनुसार रणनीति बनाएर काम गर्नुपर्ने अवस्था छ ।’
तस्करीका नयाँ रुट खुलेको सुनिएको र कतिपय ठाउँमा प्रहरी र तस्करको मिलेमतोका पनि खबर आउने गरेकाले त्यसमा सचेत हुन भनेका छन् । विप्लव समूहका गतिविधि नियन्त्रणमा प्राथमिकतामा राख्न र राजावादी र विखण्डनवादिका गतिविधि पनि निगरानीमा राख्न उनले निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ।
गत शुक्रबार गृहले सातै प्रदेशका प्रहरी प्रमुख हेरफेर गरेको थियो । प्रदेश नम्बर १ मा ठाकुर ज्ञवाली, प्रदेश नम्बर २ मा प्रद्युम्न कार्की, प्रदेश नम्बर ३ मा शेरबहादुर बस्नेत, गण्डकी प्रदेशमा बिनोद शर्मा घिमिरे, प्रदेश नम्बर ५ मा सुरेशबिक्रम शाह, कर्णाली प्रदेशमा पूर्णचन्द्र जोशी र सुदुरपश्चिम प्रदेशमा तारिणी लम्साललाई प्रदेश प्रहरी प्रमुखका रुपमा खटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्