Logo
Logo

८ सयले बढ्यो सुनको भाउ



काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु. एक लाख ३०० तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला रु. ९९ हजार ५०० मा कारोबार भएको पहेँलो धातु आज रु. ८०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९९ हजार ८०० छ । यसको मूल्य हिजो प्रतितोला रु. ९९ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु. २० ले बढेर रु. एक हजार ३९५ पुगेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा हुने घटबढका आधारमा महासंघले दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३६ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्