Logo
Logo

रेमिटेन्सःअर्थतन्त्र जोड्दै, परिवार टुटाउँदै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । महिलास“गै पुरुषहरु पनि वैदेशिक रोजगारीका कारण पीडित हुने थालेका छन् । श्रीमान विदेशमा रहदा अन्य युवकहरुस“ग सम्बन्ध राख्ने र सम्पती समेत सिद्धाउने गरेका घटनाहरु प्रहरीमा बारम्बार पुग्ने गरेका छन् ।

वैदेशिक रोजगारीमा गएका युवाले पठाएको रेमिटेन्सले देशको अर्थतन्त्र बलियो भइरहदा उनीहरुको पारिवारीक र सामाजिक जीवन भने कमजोर हु“दै गएको छ । नेपालमा करिब ६० प्रतिशत घरमा रेमिटेन्स पुग्ने गरेको छ । ठूलो संख्यामा युवायुवतीहरु विदेशमा भएकाले त्यसको असर परिवारमा परेको छ । रेमिटेन्सले सम्बन्धविच्छेददेखि पुरुषमाथि हुने हिंसा समेत बढेका छन् ।

वैदेशिक रोजगारीमा गएका युवाले पठाएको रेमिटेन्सले देशको अर्थतन्त्र बलियो भइरहदा उनीहरुको पारिवारीक र सामाजिक जीवन भने कमजोर हु“दै गएको छ । वैदेशिक रोजगारीकै कारण पछिल्लो समयमा श्रीमतीबाट श्रीमानमाथि हुने हिंसाका घटना समेत बढेको प्रहरी अधिकारीहरु बताउछन् । प्रहरीको महिला सेलमा आउने अधिकांश उजुरी वैदेशिक रोजगारस“ग जोडिने घटनाहरु हुने गरेको छन् ।

नेपालमा करिब ६० प्रतिशत घरमा रेमिटेन्स पुग्ने गरेको छ । ठूलो संख्यामा युवायुवतीहरु विदेशमा भएकाले त्यसको असर परिवारमा परेको छ । रेमिटेन्सले सम्बन्धविच्छेददेखि पुरुषमाथि हुने हिंसा समेत बढेका छन् । बिहे गरेको केही महिनामै नुवाकोटका दिलिप शर्मा (नाम परिवर्तन) वैदेशिक रोजगारीका लागि कतार गए । उनको श्रीमती काठमाडौैंकै एक स्कुलमा पढाउँथिन् । श्रीमान् विदेशिएपछि काठमाडौंका शोभित थापास“ग उनको निकटता बढ्यो । उनीहरुबीच शारिरीक सम्बन्ध पनि भयो । थापा महिलास“ग एकतर्फी प्रेममा परे । महिला विवाहित भएको थाहा पाउँदा पनि उनले बिहे गर्ने प्रस्ताव राखे ।

महिलाका श्रीमान् गत महिना कतारबाट फर्किए । श्रीमान आएपछि उनी थापास“ग टाढा हुन खोजिन् । तर, थापा उनलाई छाड्न नसक्ने गरी प्रेममा परिसकेका थिए । थापाले उनीसँग बिहेका लागि जिद्दी गरे । ‘त्यसो भए म मेरो श्रीमानस“ग सोध्छु, श्रीमानले अनुमति दिए तिमीस“ग बिहे गर्छु’, महिलाले सर्त राखिन् । त्यसपछि महिलाले आफ्ना श्रीमानलाई सबै कहानी बताइन् । तर श्रीमतीको थापास“गको प्रेम चक्कर थाहा पाए पनि उनले श्रीमती छाड्न चाहेनन् । उनले थापालाई सोही कुरा सुनाए । तर युवक छाड्न सक्ने अवस्थामा थिएनन् ।

महिलाले विस्तारै उनलाई वास्ता गर्न छाडिन् । त्यसपछि उनी महिलाको डेरामा खुकुरी लिएर धम्काउदै गए । सोही घटनामा थापा पक्राउ परे । वैदेशिक रोजगारीले निम्त्याएको यो एउटा उदारण मात्र हो । प्रहरीमा हरेक दिनजसो वैदेशिक रोजगारले निम्त्याएका झगडा तथा अपराधहरु प्रहरीमा आउने गर्दछन् । वैदेशिक रोजगारीमा गएका धेरै युवाहरुको पारिवारीक जीवन भने बिग्रने गरेको छ । प्रहरीमा दैनिक जसो वैदेशिक रोजगारले निम्त्याएका समस्याको उजुरी आउने गरेको काठमाडौं परिसरका डिएसपी होमिन्द्र बोगटी बताउँछन् ।

बिगत चार वर्षदेखि वैदेशिक रोजगारीका लागि कोरिया गएका छिरिङ शेर्पा(नाम परिवर्तन)की श्रीमतीले आफूलाई वास्ता नगरेको भन्दै उजुरी गरेका थिए । शेर्पाले दोस्रो बिहे गरी कान्छी श्रीमतीस“ग बस्न थालेका थिए । उनीहरुबीच लामो समयदेखि झगडा चल्दै आएको थियो । श्रीमतीले आफ्नो अन्डकोषमा आक्रमण गरी घाउ बनाइदिएको भन्दै शेर्पा गुनासो लिएर प्रहरीमा गएका थिए ।

महिला तथा बालबालिका सेलमै गत साता एक पुरुषले उजुरी गरे । आफ्नी प्रेमिकालाई आफैंले बिहे गर्न पाउनुपर्ने भन्दै उजुरी दिएका छन् ।

एक महिलाका श्रीमान बिहे गरेको १६ दिनमै जर्मनी गए । श्रीमानले विदेशमै दोस्रँे बिहे गरे । उनले पनि नेपालमा अर्का युवकस“ग प्रेम गर्न थालिन् । तर केही महिनादखि महिलाले अर्काे युवकस“ग पनि प्रेम गरेको भन्दै ती युवकलाई उनलाई आफैंले बिहे गर्न पाउनुपर्ने भन्दै उजुरी गरेका थिए ।

काभ्रेका एक युवकविरुद्ध कालिमाटीमै एक उजुरी परेको छ । उनी वैदेशिक रोजगारीका ४ वर्षलाई भनेर कतार गएका थिए । तर फर्कदा उनले दोस्रो बिहे मात्र गरेनन्, कान्छी श्रीमतीबाट बच्चा समेत भइसकेको थियो । ‘जेठी श्रीमतीलाई उनले बेवकुफ बनाए,’ अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी भन्छन्, ‘आफू विदेश नै रहेको बताएर २ वर्षपछि नेपाल आई बिहे गरी फेरी कतार फर्किदा पनि थाहा पाइनन् ।’

महानगरीय प्रहरी वृत्त गौशलाले पनि एउटा वैदेशिक रोजगारीले निम्त्याएको घरेलु झगडाको अनुसन्धान गरिरहेको छ । ललितपुरका एक युवक ११ वर्षदेखि वैदेशिक रोजगारीमा कोरियामा छन् । जेठी श्रीमतीबाट उनको बच्चा भएन । बच्चा नभएपछि उनले कोरियामै नेपाली युवतीस“ग बिहे गरी बिहे गरेर नेपाल आए ।

जेठी श्रीमतीलाई केही जानकारी थिएन । उनी श्रीमानको प्रतिक्षामा ११ वर्षसम्म सासु-ससुराको स्याहार गरेर बसिन् । तर, श्रीमान फर्कदा कान्छी श्रीमती लिएर फर्किएपछि उनले घर छाडेर प्रहरीमा उजुरी गरेका हुन् । देशभरीका प्रहरी कार्यालयहरुमा यस्तै उजुरीहरु बढेका छन् । वैदेशिक रोजगारीले समाजमा डिप्रेसन समेत बढाएको छ । राज्यले रेमिटेन्स मात्र भित्राउने तर यसबाट सिर्जित समस्याको समाधानमा चासो दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्