Logo
Logo

गाउँपालिका उपाध्यक्षसहित १० जना चढेको जिप कर्णालीमा खस्यो


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, ३ असार ।
हुम्लाको खार्पूनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाही सहित १० जना चढेको जिप कर्णाली नदीमा खसेको छ । खार्पूनाथको याङ्चुबाट जिप कर्णाली नदीमा खसेको हो । दुर्घटनामा उपाध्यक्ष हमाल सहित झन्डै १० जना बेपत्ता भएको गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले जानकारी दिए ।

घटना लगत्तै हेलिकप्टरको सहायतामा खोजी कार्य सुरु भएको छ । गाउँपालिका उपाध्यक्ष सहित जनप्रतिनिधि चढेको गाडी दुर्घटना भएको खबर आए लगत्तै उद्धारका लागि सम्पूर्ण जनशक्ति परिचालन गरिएको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्