Logo
Logo

बझाङमा बहिनी बलात्कारको आरोपमा दाजु पक्राउ


1.2k
Shares

बझाङ । बहिनीमाथि बलात्कार गरेको आरोपमा दाजु पक्राउ परेका छन् । आफ्नै १२ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय दाजुलाई प्रहरीले पक्राउ गरेको हो ।

आइतबार घाँस काट्न गएकी बालिकामाथि मोबाइल र पैसाको प्रलोभन देखाएर बलात्कार भएको उनकै आमाले उजुरी दिएपछि दाजुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बालिकाले घटनाबारे बताएपछि सोमबार उनकी आमाले उजुरी दिएकी थिइन् ।

बालिकाको स्वास्थ्य परीक्षण गरिएको र सुरक्षित घरमा राखिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञानबहादुर विष्टले आरोपीमाथि जबरजस्ती करणीअन्तर्गत मुद्दा चलाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्