Logo
Logo

गोपाल खड्काको ७ करोड लुकाउने अमिता को हुन् ?



काठमाडौं, २४ पुस ।
नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काले सात करोड भन्दा धेरै अरुको नाममा लुकाएको अख्तियारले फेला पारेको छ । भ्रष्टाचार मुद्दाबाट जोगिन उनले अमिता लामा सोदेम्बाको नाममा सात करोड ५४ लाख रुपैयाँ बराबरको सम्पति राखेका थिए ।


अमितलाई ‘धर्मछोरी’ जस्तै सानैदेखि पालेर राखेका थिए । आफैंले उनको बिहे गरिदिएका थिए । उनको नाममा खड्काले हात्तीगौँडास्थित सिजी हिल्स हाउजिङभित्र तीन करोड २५ लाखमा घर खरिद गरेका छन् । बुढानीलकण्ठमै ४० लाखमा आठ आना जग्गा खरिद गरेका थिए ।

त्यस्तै, ८४ लाखमा बा.१६ च ८४८४ नम्बरको गाडी लामाको नाममा खरिद गरिदिएका थिए । लामाको नाममा एनएमबी र सिजिटन बैंकमा खोलेको खाता खड्काले नै चलाउने गरेकोसमेत अनुसन्धानमा खुलेको प्रवक्ता दंगालले बताए । लामालाई पनि अख्तियारले बोलाएर बयान लिएको थियो । एउटै घरमा बस्ने भएकाले विश्वास गरेर आफ्नो नाममा सम्पत्ति राखिदिएको उनले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्