Logo
Logo

कस्तो रहला आज दिनभरिको मौसम ?


693
Shares

काठमाडौं । अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव सामान्य परेको छ ।

देशको पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानको मौसम बिहान सामान्यतयाः सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य ठाउँमा मौसम सामान्यतयाः सफा रहने छ । प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

त्यस्तै राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र अन्य ठाउँमा मौसम सामान्यतयाः सफा रहने जनाइएको छ । प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

यसैबीच, देशभर तापक्रम बढ्ने क्रममा रहेका कारण गर्मीबाट हुनसक्ने सम्भावित असरबाट जोगिन र पहाडी भू–भागका केही ठाउँहरुमा मेघ गर्जन/चट्याङ्गसहित वर्षाकोसमेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्