Logo
Logo

दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अनुमति


0
Shares

काठमाडौं । काठमाडौैं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

सोमबार साइबर ब्युरोले म्याद थपका लागि अदालत उपस्थित गराएको थियो । जिल्ला अदालतले अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न साइबर ब्युरोलाई अनुमति दिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाको उजुरीका आधारमा प्रसाईंलाई सोमबार बिहान साइबर ब्युरोको टोलीले पक्राउ गरेको थियो । खतिवडा जेनजी शहीद रसिक खतिवडाकी आमा हुन्। शहीदलाई लिएर प्रसाईंले सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी गरेको आरोप छ ।

प्रसाईं पटकपटक पक्राउ पर्दै आएका छन्। यसअघि उनी गत साउन १८ गते सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्