Logo
Logo

युक्रेनले नेपाललाई भन्यो-‘रुसीलाई पर्वतारोहणमा प्रतिबन्ध लगाउनु’


3.3k
Shares

एजेन्सी । युद्धग्रस्त देश युक्रेनले पर्वतारोहणका लागि नेपाल आउने रुसका नागरिकलाई प्रतिबन्ध लगाउन नपालसँग अनुरोध गरेको छ ।

भारतस्थित युक्रेनको राजदूतावासले नेपाली राजदूतावासमार्फत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलगायत पर्वतारोहण सम्बन्धी निकालयलाई पत्र लेख्दै यस्तो अनुरोध गरेको हो । आफ्नो देशविरुद्ध रूसले गरेको हमलाका कारण ११७ बालबालिकासहित हजारौं नागरिकको मृत्यु भएको र करोड आसपासमा आन्तरिक रुपमा विस्थापित हुन परेको युक्रेनले उक्त पत्रमा लेखेको छ ।

रक्तपातपूर्ण युद्धको सुरुवात गर्ने रुसका प्रतिनिधिलाई अन्तर्राष्ट्रिय ओलम्पिक समिति, अन्तर्राष्ट्रिय फुटबल, बास्केटबल, टेनिस, हकी, बक्सिङ, एथलेटिक्सलगायत थुप्रै अन्तर्राष्ट्रिय खेल संघहरुले भाग लिन रोक लगाएका वा बाहिर राखेको उल्लेख गर्दै युक्रेनको दूतावासले युक्रेनमा आक्रमण नरोकिएसम्म रुसका पर्वतारोहीलाई प्रतिबन्ध लगाउन नेपालसमक्ष अपील गरेको छ ।

त्यस्तै युक्रेनी दूतावासले रुसी पर्वतारोहीलाई नेपालमा अरु देशका पर्वतारोहण टीमबाटसमेत स्वागत नगराउन आग्रह गर्दै नेपाली हिमालहरु पवित्र र दिव्य रहेको उल्लेख गरेको छ । युक्रेनले नेपालका ती पवित्र ठाउँमा हत्याको जिम्मेवार मुलुकको झण्डा फहराउनु उपयुक्त नहुने सो पत्रमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्