Logo
Logo

प्रहरी इन्काउन्टरमा विप्लवका जिल्ला इन्चार्ज मारिए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ असार ।
प्रहरी इन्काउन्टरमा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको समूहका एक जिल्ला नेता मारिएका छन् । सर्लाहीको लालबन्दीमा भएको भिडन्तमा विप्लवका नेता कुमार पौडेल मारिएका हुन् ।


पौडेलको साथबाट पेस्तोल र गोली बरामद भएको प्रहरीले बताएको छ । अन्य तीनजना भने भागेका छन् । पक्राउ गर्ने क्रममा प्रहरीमाथि नै गोली हान्ने प्रयास गरेपछि प्रहरीले जवाफी कारबाही गरेको केन्द्रीय प्रहरी प्रवक्ता डिआईजी विश्वराज पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्