Logo
Logo

नेताहरुको जिम्मेवारी बाँडफाँडका लागि नेकपाको बैठक शुक्रबार


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, ५ असार ।
नेताहरुको जिम्मेवारी बाँडफाँड लगायतका विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुक्रबार बस्ने भएको भएको छ । प्रधानमन्त्री तथाअध्यक्ष केपी शर्मा ओली युरोप भ्रमणमा गएयता बैठक बस्न सकेको छैन ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले शुक्रबार सचिवालय बैठक राखिएको र बैठकका एजेन्डा भने पुरानै भएको नेपाल लाइभलाई बताए। प्रधानमन्त्री ओलीको र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलपछि दुई नेता सचिवालय बैठक शुक्रबार बोलाउने सहमतिमा पुगेका हुन्।

ओली र प्रचण्डबीच आजै बैठक बोलाउनेबारे छलफल चलेको थियो । यसअघि २३ जेठमा नेकपा सचिवालय बैठक बसेको भएपनि बैठक निष्कर्षमा पुग्न नसक्ने देखिएपछि ओली युरोपबाट फर्किएपछि बस्ने गरी स्थगित भएको थियो।

पार्टी सचिवालय बैठकमा जिल्ला इन्चार्ज र सहइन्चार्ज टुंगो लगाउने र केन्द्रीय सदस्यको कार्यविपभाजन गर्ने प्रयास जारी छ।

प्रतिक्रिया दिनुहोस्