Logo
Logo

खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी


1.5k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवार गृहमन्त्री बालकृष्ण खाँणले पाएका छन् ।

वर्तमान मन्त्रिपरिषदमा उपप्रधानमन्त्री नभउकाले मन्त्रिपरिषदमा दोस्रो वरियतामा रहेका गृहमन्त्री खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषदको अध्यक्षसहित कार्यकारी अधिकारको प्रयोगका लागि प्रधानमन्त्री नआउँदासम्म उनले कार्यकारी अधिकारको प्रयोग गर्नेछन् । राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारीगरी कार्यवहाक तोकेको हो ।

प्रतिक्रिया दिनुहोस्