Logo
Logo

नेपालमाथि सांस्कृतिक हमला भइरहेको छ : ओली


378
Shares

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालमाथि सांस्कृतिक हमला भइरहेको बताएका छन् । पार्टीनिकट राष्ट्रिय जनसांस्कृतिक महासंघको ८ औं महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

फाइल फाेटाे

उनले सांस्कृतिक हमलाबाट जोगिन सँस्कृतिलाई जीवित राख्नुपर्ने बनाए । उनले भने, ‘हामी सांस्कृतिक हमलाबाट जोगिन, त्यो हमलालाई परास्त गर्न र हाम्रो सँस्कृतिलाई जीवित राख्न त्यसलाई हामी बनाउँन आवश्यक छ ।’

अध्यक्ष ओलीले लोकतन्त्र प्राप्त गर्ने र राष्ट्रियता बचाउँने माध्यम संस्कृति रहेको बताए । उनले भने,
‘कुनै देश बिगार्नु छ भने, त्यसको संस्कृति बिगारे हुन्छ । हामीहरूमाथि सांस्कृतिक हमला भइरहेको छ ।’

कसले कसरी त्यो हमला गरिरहेको छ भन्ने उनले खुलाएनन् ।

प्रतिक्रिया दिनुहोस्