काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसमाथि गम्भीर आरोप लगाएका छन् ।
शुक्रबार अनेरास्ववियु केन्द्रीय कमिटीको प्रथम तथा विस्तरित भेललाई सम्बोधन गर्दै कांग्रेसले विदेशी सेना बोलाएर नेपालीको टाउको कटाएको उनले आरोप लगाएका हुन् ।

२००७ सालपछि विद्यार्थीले आन्दोलन अपुरो भयो भन्दा विद्यार्थीमा तत्कालिन सरकारले चर्को दमन गरेको उनले बताए । उनले भने, ‘आन्दोलन अपुरो, अधुरो भयो भन्दै विद्यार्थी नेताहरुले आवज उठाएका थिए । उनीहरुले आवज उठाउँदा उनीहरुमाथि चर्को दमन गरियो । कसैलाई भारतीया सेना ल्याएर गिरफ्तार गरियो । डोटीमा भीमदत्त पन्तलाई गिरफ्तार गरेर टाउको काट्ने काम गरियो ।’
उनले अगाडि थपे, ‘अलिक भन्न राम्रो लाग्दैन । तर, यो सबै नेपाली कांग्रेसले गराएको थियो । भारतीय सेना नेपालभित्र बोलाएर एउटा देशभक्तको टाउको नेपाली कांग्रेसले कटाएको थियो । विदेशी सेना बोलएर नेपालीको टाउको नेपाली कांग्रेले कटाएको थियो । भन्न त्यति मजा लाग्दैन तर के गर्ने कांग्रेस त्यस्तै हो ।’














