Logo
Logo

आगामी निर्वाचनमा एमालेले जिते देश दुर्घटनामा फस्छ : प्रचण्ड


252
Shares

काठमाडौं । नेकपा मोआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण मुलुक अप्ठ्यारोमा परेको बताएका छन् ।

शुक्रबार पार्टी कार्यालय पेरिस डाँडामा कार्यकर्ता प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीका कारण अप्ठ्यारोमा परेकाले अब एमालेलार्य भोट नहाल्न आग्रह गरे । आमागी निर्वाचनमा पनि एमालेले जिते मुलुक दुर्घटनामा फस्ने उनको भनाइ थियो ।

उनले भने– जनताले ओलीलाई मुलुक निर्माण गर्ने राम्रो अवसर दिएका थिए, तर ओलीले सम्हाल्न सकेनन्, अब पनि एमालेलाई भोट हाल्नु भनेको मुलुक दुर्घटनामा फस्नु हो ।’

उनले माओवादी केन्द्रलाई विजयी गराए मात्र विकाशले गति लिने दावी गरे । ओलीले मुलुक र जनतालाई पटक(पटक धोका दिएकाले थप धोका पाउन नेकपा एमालेलाई भोट हाल्न नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्