काठमाडौं । नेपालले त्रिकोणात्मक टि–२० आई सिरिजमा मलेसियालाई २ सय २४ रनको विशाल लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २३ रन बनायो ।

नेपालको लागि दीपेन्द्र सिंह ऐरीले सानदार शतकमा बनाए । उनले ५७ बलमा १० चौका र ६ छक्कासहित १ सय १० रन बनाउँदै आविजित रहे । योसँगै ऐरी ओडीआई र टी–२० आईमा शतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी बने । यसअघि पूर्व कप्तान पारस खड्काले दुवै फर्म्याटमा शतक प्रहार गरेका थिए ।
रोहित ३४ बलमा ५ चौकासहित ५१ रनमा आउट भए । रोहितले ३२ बलमा टि२० आई करिअरको पहिलो अर्धशतक पूरा गरेका थिए । आदिल अन्सारी १४ रनमा आउट भए ।
ओपनर आसिफ शेखले १८ र कुशल भुर्तेलले १२ रन बनाए । आरिफ शेख २ रन बनाएर आउट भए । शर्विन मुनीआन्दीबाट १८ रनमा क्याच भए । उनले ९ बलमा ३ चौका प्रहार गरे ।
मलेसियाका मोहम्मद वाफिक, पवनदीप सिंह, स्याजरुल इद्रस र मोहम्मद आमिरले १–१ विकेट लिए ।











