Logo
Logo

देउवा र मोदीले गरे सोलु करिडोरको उद्घाटन


819
Shares

नयाँदिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले सोलु करिडोरको प्रसारण लाइनको उद्घाटन गरेका छन् ।

शनिबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले १३२ केभीको ९० किलोमिटर लामो प्रसारण लाइनको उद्घाटन गरेका हुन् ।

सोलु करिडोर विद्युत प्रसारण लाइन सोलुखुम्बुमा उत्पादित जलविद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न भारतको निर्यात आयात बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा बनाइएको हो ।

सिरहाको मिर्चैयादेखि सोलुखुम्बुको तिन्लास्थित सबस्टेसनसम्म ३ सय २ वटा टावरसहित सोलु करिडोर १३२ केभी प्रसारण लाइन निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्