Logo
Logo

कतारमा हुने फिफा विश्वकप-२०२२ को यस्तो छ खेल तालिका


2.9k
Shares

काठमाडौं । यस वर्ष कतारमा हुन गइरहेको फिफा विश्वकप २०२२ को उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरको सामना गर्ने भएको छ । फिफाले शुक्रबार सार्वजनिक गरेको समूह विभाजनअनुसार उद्घाटन खेलमा कतारले इक्वेडरसँग खेल्ने भएको हो ।

कतार र इक्वेडरबीचको खेल नोभेम्बर २१ मा अल बायत स्टेडियममा हुनेछ। दुई टोलीबीचको खेल नेपाली समय अनुसार ३ः ४५ बजे सुरु हुनेछ । पहिलो दिन थप तीन खेलहरू हुनेछन् । जसमा सेनेगलले नेदरल्यान्ड्ससँग नेपाली समयअनुसार १८ः४५ बजे प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै, समूह ‘बी’का दुई खेल हुनेछन् । जसमा इङ्ल्यान्डले एसियाली मुलुक इरानसँग नेपाली समयअनुसार राती २१ः४५ बजे खेल्दा यूएसएले स्कटल्यान्ड÷वेल्स र युक्रेनमध्ये विश्वकपमा छनोट हुने एक टोलीसँग राती ००ः४५ बजे खेल्नेछ । कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुँदैछ । कतार विश्वकपमा ३२ टोलीको सहभागिता रहने छ ।

समूह ‘ए’
कतार
नेदरल्यान्ड
सेनेगल
इक्वेडर

समूह ‘बी’

इङ्ल्यान्ड
अमेरिका
इरान
वेल्स/स्कटल्याण्ड/युक्रेन

समूह ‘सी’

अर्जेन्टिना
मेक्सिको
पोल्याण्ड
साउदी अरेबिया

समूह ‘डी’

फ्रान्स
डेनमार्क
ट्यूनिसिया
युएई/अष्ट्रेलिया/पेरू

समूह ‘ई’

बेल्जियम
क्यानडा
क्रोएसिया
मोरक्को

समूह ‘जी’

ब्राजिल
स्वीटजरल्यान्ड
सर्बिया
क्यामरून

समूह ‘एच’

पोर्चुगल
उरुग्वे
दक्षिण कोरिया
घाना

खेल तालिका

प्रतिक्रिया दिनुहोस्