Logo
Logo

माधवसहित १४ जना सांसदविरुद्धको मुद्धामा आजदेखि सुनुवाइ


1.6k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ जना सांसदविरुद्ध दर्ता गरेको रिटमाथि सर्वोच्च अदालतले आजदेखि सुनुवाइ गर्दैछ ।

एमालेबाट अलग हुनुअघि नै नेपालसहितका १४ जना सांसदलाई दलबाट कारबाही गरेर पनि सभामुख अग्निप्रसाद सापकोटाले कारबाहीको सूचना जारी नगरेको भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

एमालेले नेकपा एकीकृत समाजवादी पार्टी दर्ताको प्रक्रियामाथि समेत प्रश्न उठाउँदै निर्वाचन आयोगविरुद्ध मुद्दा हालेको छ ।

एमालेले नेता झलनाथ खनालबाहेक १४ सांसदलाई कारबाहीको पत्र पठाएकोमा त्यसबारे सभामुखबाट कुनै निर्णय नगरी निर्वाचन आयोगले जबर्जस्ती अर्को दल दर्ता गरेको आरोप लगाएको छ । यही विषयलाई लिएर एमालेले लगातार प्रतिनिधिसभाको बैठक समेत अवरुद्ध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्