Logo
Logo

डिआईजी बढुवाविरुद्धको रिटमा आज सुनुवाइ हुँदै


630
Shares

काठमाडौं । डिआइजी बढुवामा विभेद भएको भन्दै तीन जना डीआईजीले सर्वोच्च अदालत दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ । सुनुवाइका लागि रिटको पेसी न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको छ ।

डीआईजीहरू घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले एआईजी बढुवामा असन्तुष्टि जनाउँदै बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए । लोकसेवा आयोगबाट वरिष्ठता प्रमाणित हुने लिखित विवरणपछि उनीहरू रिट लिएर सर्वोच्च पुगेका हुन् ।

रिटमा उनीहरूले कनिष्ठलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको भन्दै सिफारिस गर्ने निर्णय बदरको माग गरेका छन् । तर, समितिले कैफियत नदेखिएको ठहर गर्दै बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीमा सिफारिस भएका डीआईजीहरूको बढुवा गरेको थियो ।

बढुवा भएकाहरू वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्न्द्रबहादुर धानुक हुन् । उनीहरूलाई गृहसचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले एआईजीमा बढुवा सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस्