
काठमाडौं । विगतमा एउटै पार्टी माओवादीमा रहेका बाबुराम भट्टराई, वर्षमान पुन र रेखा थापाबीच जम्काभेट भएको छ । पार्टी कार्यक्रमका लागि विभिन्न जिल्ला जान लागेका उनीहरुबीच त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आज भेट भएको हो ।
त्यसक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ‘नलाऊ माया दुईतिर…’ भनेर गीत गाउनेहरू तीनतिर पो भइयो भनेर ठट्टा गरेपछि उनीहरुबीच केहीबेर हाँसो पनि चलेको थियो ।
उनीहरुबीच एयरपोर्टमा जम्काभेट भएपछि नेता . भट्टराईले तीन जनाको तस्विर समाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
‘नलाऊ माया दुईतिर…’ भनेर गीत गाउनेहरू तीनतिर पो भइयो भन्ने हाँसो पनि चल्यो !’, फोटो सेयर गर्दै डा. भट्टराईले भनेका छन् । डा. भट्टराई अहिले जसपामा छन् भने थापा राप्रपामा छन् । वर्षमान भने माओवादीमै छन् ।














