
काठमाडौं । नेपाली क्रिकेट टिमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रिय खेलमा एक हजार रन पूरा गर्दै रेकर्ड बनाएका छन् ।
त्रिभूवल विश्वविद्यालयको मैदानमा जारी पपुवा न्युगिनीविरूद्धको खेलमा २१ रन प्रहार गरेसँगै दीपेन्द्रले एक हजार रन पूरा गर्दै रेकर्ड बनाएका हुन् ।
नेपालका लागि टी–२० मा एक हजार रनको पूरा गर्ने दीपेन्द्र पहिलो खेलाडी हुन् ।











