Logo
Logo

नेपालीमा ट्विट गर्दै मोदीले ओलीले दिए धन्यवाद


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ असार ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै प्रधानमन्त्री केपशर्मा ओलीलाई योगको विशिष्टता उजागर गरेको भन्दै धन्यवाद दिएका छन् ।

अन्तराष्ट्रिय योगा दिवसको अवसरमा प्रधानमन्त्री ओलीले गरेको ट्विटमा रिप्लाई गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपालीमै लेखेका छन् “योगको विशिष्टतालाई उजागर गर्नुका साथै व्यक्तिगत रुपमा उपस्थित भई योग दिवस कार्यक्रमलाई सुशोभित गर्नु भएकोमा प्रधानमन्त्री ओलीज्यूलाई धन्यवाद ज्ञापन गर्दछु ।“
प्रधानमन्त्री ओलीले योग दिवसको अवसरमा ट्विट गर्दै लेखेका थिए “विश्व योग दिवसका अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । प्राच्य संस्कृतिको अनुपम उपलब्धि योग साधना मार्फत मन, वचन र कर्मले एकै स्थानमा स्थित रही जीवनलाई स्वस्थ्य बनाउने सफलता मिलोस, शुभकामना ।“
प्रधानमन्त्री ओलीले योग दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको योगाभ्यास तथा प्रवचन कार्यक्रममा सहभागी भएर योगाभ्यास गरेका थिए । मोदीले नेपाली भाषामै दिएको धन्यवादको सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्