काठमाडौं । सरकारले देशको अर्थतन्त्रको सुधारबारे सरोकारवाला पक्षसँग अन्तरक्रिया गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको गठबन्धनको बैठकले देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिदै सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद, योजनाविद र सरोकारवाला पक्षसंग अन्तर्कृयाको आयोजना गर्ने र सुझावको आधारमा ठोस कदम चाल्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले निर्वाचन तयारी तथा अनुगमन समिति गठन पनि गरेको माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
मल्लका अनुसार गठबन्धनको बैठकले कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको हो ।
त्यस्तै बैठकले प्रधानमन्त्री शेर बहादुर देउवाले भारत भ्रमणका बारेमा जानकारी गराएको र समग्रमा भारत भ्रमण सफल रहेको निष्कर्ष निकालिएको मल्लले जानकारी दिए ।














