
काठमाडौं । उदयपुरको बेलका नगरपालिका-३ मा एक छात्राको हत्या भएको छ । कोशी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययनरत कविता सुनुवारको यसोदा खोलामा हत्या भएको हो ।
विद्यालयका प्रधानाध्यापक सूर्य नारायण साहका अनुसरा उनी विद्यालय आउने क्रममा बाटोमै क्रुर र हिंस्रक ढंगले हत्या भएको विद्यालयका प्रधानाध्यापक सूर्य नारायण साहले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेत र प्रधानाध्यापक साहले संयुक्त विज्ञप्तिमार्फत घटनाको निष्पक्ष छानबिन गरी अपराधी पत्ता लगाउन र कडा सजायँ दिन माग गरेका छन् ।
विद्यालयले निकालेको विज्ञप्ति















