Logo
Logo

एमालेसँग पराजित हुने डरले गठबन्धन बनाए : ओली


3k
Shares

वीरगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेसँग एक्ला एक्लै चुनाव लड्न नसक्ने भएपछि अन्य दलले गठबन्धन बनाएको बताएका छन् ।

मधेसको वीरगञ्जमा आयोजित कार्यक्रममा ओलीले एमालेसँग चुनाव लड्न नसक्ने भएपछि सत्तारुढ दल गठबन्धन बनाएर तालमेल गर्न बाध्य भएको बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने– ‘एक्लै एमालेसँग लड्न सकिन्न, अस्तिदेखि भन्याभन्यै छ । आज त झनै यति साथी एमाले प्रवेश गरिसक्नुभएको छ । अहिले के भयो होला उनीहरूलाई ? हजारौँ मानिस एमाले प्रवेश गर्नुभन्दा अगाडि नै भन्दै थिए एमालेसँगै एक्लै लड्न सकिँदैन । गठबन्धन कायम राखेर, तालमेलबाट लड्नुपर्छ भने ।’

अध्यक्ष ओलीले केही व्यक्तिले आफूलाई मधेस विरोधीको रुपमा हल्ला चलाएको आरोप लगाएका छन् । उनले भने– ‘म मधेशको मान्छे । ६० वर्षदेखि मत मधेशको बासिन्दा हो । ६० वर्षदेखि मधेशमा बसेको छु ।’

प्रतिक्रिया दिनुहोस्