Logo
Logo

रिहा भएपछि दर्पणले भने- ‘मलाई फसाउन खोजियो’



काठमाडौं । बाउन्स चेकको उजुरीपछि पक्राउ परेका चर्चित गीतकार दर्पण राई रिहा भएका छन् । पाटन उच्च अदालतको आदेशपछि उनी विना सर्त मंगलबार रिहा भएका हुन् ।

आन्तरिब व्यवहार भएकाले उजुरीकतएसँग मिलापत्र गरेर रिहा भएको मोडल समेत रहेका गीतकार राईले बताए । रिहापछि दर्पणले आफूमाथि दुश्मनी लागेको बताए । ‘व्यवहारमा कहिलेकहीँ तलमाथि हुन्छ’ उनले भने, ‘तर, मैले कारोबार मिलाउँदै आएको थिएँ । त्यति हुँदाहुँदै पनि मलाई साथीभाईले फसाउन खोजे ।’ आफ्नो गल्ती नभएकै कारण अदालतले विनासर्त रिहा गर्न आदेश दिएको दर्पणको भनाइ छ ।

‘म माथि अन्याय भयो’ दर्पणले भने, ‘मलाई बाउन्स चेक प्रकरणमा पक्राउ गरिएको थियो । तर, म माथिको पक्राउ वैधानिक थिएन ।’ आफूलाई बैंकले समेत बाउन्स चेकबारे जानकारी नगराएको बताए ।

यदि चेक बाउन्स भएमा सम्बन्धीत बैंकले खातालाई जानकारी गर्नुपर्ने हुन्छ । र, तीन पटकसम्म जानकारी गराएर पनि बेवास्ता गरेमा मात्र भुक्तानी पाउने व्यक्ति वा संस्थाले प्रहरीमा उजुरी गर्नुपर्ने हुन्छ । तर, आफूलाई बैंकले कुनै जानकारी नगराएको गीतकार दर्पणले बताए ।

आफ्नो काममा व्यस्त रहेकै बेला अचानक आफूमाथि भएको षडयन्त्रप्रति गीतकार दर्पण राई दुखित भएका छन् ।
दर्पणबारे आएका समाचारहरुका अनुसार दर्पण राई ४८ लाखको चेक बाउन्स प्रकरणमा मुद्धामा पक्राउ परेका थिए । केही अनलाइनहरमा ‘ठगी आरोपमा दर्पण पक्राउ परे’ भन्ने शीर्षकमा समेत समाचार आएको थियो । त्यसप्रति दर्पणको गुनासो छ ।

‘मैले ठगी गरेको होइन, व्यवहार गर्दै जाँदा केही तलमाथि भएको हो’ दर्पणले भने, ‘तर, केही नजिकै साथीहरुले मलाई ठगीको आरोप लगाउँदै समाचार बनाए । त्यसप्रति मेरो चित्त बुझाइ छैन । यदि ठगी गरेको भए अदालतले मलाई किन सफाइ दिन्थ्यो ? मलाई ठगीको आरोप लगाउनेहरुलाई मेरो प्रश्न छ ।’

अदालतले न्याय दिएकामा उनले खुसीसमेत व्यक्त गरे । उनले भने, ‘आखिर न्यायलय भनेको न्यायालय नै रहेछ ।’ आफूलाई विना प्रमाण ठगीको भिल्ला भिराउनेहरुमाथि कानुनी उपचार खोज्नेसमेत दर्पणले बताए ।

प्रतिक्रिया दिनुहोस्