काठमाडौं । नेकपा एमाले प्रवेश गरेको भोलिपल्टै नेुकपा माओवादीमा फर्किएका धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले परिबन्दमा परेर बालकोट पुगेर केपी शर्मा ओलीलाई भेटेको बताएका छन् ।

बधुबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर यस्तो बताएका हुन् । प्रचण्डलाई भेट्न उनी बालकोट पुगेका थिए ।
अध्यक्ष प्रचण्डसँग उनले ओली निवास बालकोट पुग्नु आफ्नो गल्ती भएको बताएको समेत प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जनाएका छन् । डल्लाकोटीले कार्यकर्ता र जनताले दुई दिनसम्म सुत्न समेत नदिएपछि दोस्रो दिनमै घर फर्किएको बताए । मल्लका अनुसार भेटमा गल्ती गरेँ भनिसकेपछि अध्यक्ष प्रचण्डले अब काममा फर्कन निर्देशन दिएका छन् ।














