Logo
Logo

सुदूरपश्चिम सरकारमा कांग्रेस सहभागी, एकीकृत समाजवादीका मन्त्री हेरफेर



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएको छ । एकीकृत समाजवादीका भने केही मन्त्री फेरफेर भएका छन् ।

मुख्यमन्त्री त्रिलोचन भट्टले कांग्रेसका रणबहादुर रावललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, गोबिन्द बोहोरालाई सामाजिक विकास मन्त्री र टेकबहादुर रैकालाई सामाजिक बिकास राज्यमन्त्री नियुक्त गरेका हुन ्। यस्तै आर्थिक मामिला मन्त्रीमा एकीकृत समाजवादीका प्रकाश रावल नियुक्त भएका छन् ।

एकीकृत समाजवादीबाट मन्त्री रहेका आन्तरिक मामिलामन्त्री पूर्णा जोशी, समाजिक विकासमन्त्री लालबहादुर खड्का, आर्थिक मामिलामन्त्री तारा लामालाई फिर्ता बोलाइएको छ । त्यस्तै भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट चुनकुुमारी चौधरी फिर्ता भएका छन् भने एकीकृत समाजबादीकै कुलबीर चौधरी नियुक्त भएका छन् ।

अर्थ राज्यमन्त्रीबाट माया तामाड बोहरा फिर्ता भएका छन् भने अमर साउद नियुक्त भएका छन् । सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउदलाई पनि समाजबादीले फिर्ता बोलाएको छ ।

नवनियुक्त मन्त्रीलाई आजै सपथ खुवाइएको छ । लामो समयदेखि कांग्रेसले पनि सरकारका सहभागी हुने इच्छा जनाए पनि माओवादी र समाजवादीले मानेनका थिएनन् ।

तर स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई नै असर पर्ने भएपछि सुदुरपश्चि कांग्रेसलाई सरकारमा सहभागि गराइएको हो ।

प्रतिक्रिया दिनुहोस्