Logo
Logo

सूचना प्रविधि मन्त्री बाँस्कोटाको सर्वत्र प्रशंसा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० असार
सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटा अनेक विवादमा परिरन्छन् । कडा स्वभाव र मनमा लागेको कुरा बोलिहाल्ने बानीले पनि उनी विवादमा पर्ने गरेका छन् । सरकारका मन्त्रीमध्ये सामाजिक सञ्जालमा चर्काे आलोचना खेप्नेमा उनी पर्दछन् ।

तर, केही दिनयता भने सामाजिक सञ्जालमा सबैले उनको प्रशंसा गरिरहेका छन् । सरकारले लागू गर्न लागेको क्लिनफिड नीतिको सर्वत्र प्रशंसा भइरहेको हो ।
क्लिनफिड नीति भनेको विदेशी च्यानलले नेपालमा बिज्ञापन बजाउन पाउँदैनन् । हाल नेपाललाई एक रुपैयाँ पनि नतिरी डेढ सय विदेशी च्यानलले बिज्ञापन बजाउने गरेका छन् । अझ नेपाली टेलिभिजन बजाउन नपाउने मदिराको बिज्ञापन समेत बजाउने गरेका छन् ।
अब ती च्यानलहरुले बिज्ञापन बजाउन पाउँदैनन् । बजाएपनि नेपाली बिज्ञापन बजाउनुपर्ने छ ।


सरकारको यो कदमको सबैले प्रशंसा गरेका हुन् । केबल व्यवसायीले भने यसको विरोध गरेका छन् । उनीहरुले २४ घन्टा केबल लाइन काटेर समेत यसको विरोध गरे ।
कलाकारहरुले समेत सरकारको यो कदमको स्वागत गरेका छन् । चर्चित अभिनेता हरिबंश आचार्यले सरकारको यो कदममा आफूहरुको साथ रहेको बताए । विपक्षी दलका नेताहरुले समेत सरकारको यो नीतिको भने समर्थन गरेका छन् । बरु आफूहरु महिनौं विदेशी च्यानल नहेर्ने तर क्लिनफिड नीति लागू भएको हेर्न चाहेको भन्दै सर्वसाधरणले सञ्चारमन्त्री बाँस्कोटालाई साथ दिएका छन् ।
दुई वर्षअघि पनि यस्तो नीति लागू गर्न लागिएको थियो । तर, शेरबहादुर देउवा नेतृत्वको सरकर केबल टिभी व्यवसायीको प्रभावमा परेर पछि हटेको थियो ।
सरकारको क्लिनफिड नीतिले नेपाली बिज्ञापन उद्योग समेत माथि उठ्नेछ भने विज्ञापनको नाममा हुने विदेशी सांस्कृतिक अतिक्रमन समेत बन्द हुने छ ।

प्रतिक्रिया दिनुहोस्