Logo
Logo

कांग्रेस निर्वाचन परिचालन समितिको बैठक बस्दै


819
Shares

काठमाडौं । नेपाली कांग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’को बैठक बस्दैछ । आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको तयारीबारे छलफल गर्न कांग्रेसले केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बोलाएको हो ।

कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक आगामी आज (शुक्रबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय (सानेपा)मा बस्नेछ ।

कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ गठन गरेको हो ।

यसैबीच कांग्रसले स्थानीय तह निर्वाचनका लागि घोषणा पत्रमा समेट्ने सुझाव दिन आग्रह गरेको छ । नेता तथा कार्यकर्ता र सर्वसाधारणले दिएको सुझाव समेट्ने उद्देश्यले फोनमार्फत टिपाउन सकिने व्यवस्था मिलाइएको हो । कांग्रेसले महामन्त्री गगन थापा नेतृत्वमा स्थानीय तह निर्वाचन केन्द्रित घोषणा पत्र बनाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्